बान्तावा बोलीचाली– २

0
261

 

तिलक वालाहाङ

 

६. हिप (ऋतुहरू)

चुङ्हिप-       वसन्त

नाम्हिप-        शिशिर

वाहिप-          वर्षा

लाम्हिप-        शरद

दोङ्वाङा-      उँभौली

दोङ्दावा-      उँधौली

यलेदोङ-      किरात सम्बत

लाभेम-       पूर्णिमा

लाइप-        औंशी

 

७. दोङ (साल/सम्बत)

आदेङ्मात्दङ-   पराहरको साल

आच्छिम्मात्द़ङ- पराहर

आनेम्‍ऩङ-     पोहोर

आइदोङ-      यो साल

नाम्माङ-      आउँदो साल

छिन्माङ –     अर्को साल

दोङ्माङ-      अर्को सालको अर्को साल

आसेन-       विगत

आखोमाङ-     हिजो

आत्छोसा-     अस्ति

आत्छउसा-     अस्तिको अस्ति

आत्छछउसा-   अस्तिको भन्दा अस्ति

आय-          आज

माङ्कोलेन-    भोलि

अछिन्टुक-    पर्सि

असुम्माक-     निकोर्सी

अलुम्माक-     कानेकोर्सी

आराङ-        प्राचीन

आसेन-        भूत

आइमित-      वर्तमान

मायङ-        भविष्य

आइयोक-    आधुनिक

बेन-          काल, समय

नुलेन-        साइत

 

हान्माचेप्मा (बोलचाल)

८. आय खाउलेन खा ?

आज कुन बार हो ?

९. आय रुवालेन ।

आज विहिवार ।

१०. अवायङ टुप्मादोत ।

बिहान भेट्नुपर्छ ।

११. खादा टुप्मा ?

कहाँ भेट्ने ?

१२. हतुवागढि भोजपुरादा छुक ।

हतुवागढी भोजपुरमा पर्छ।

१३. अखोलेन दे चमा ?

दिउँसो के गर्ने ?

१४. तायाखिम खात्मा ।

विद्यालय जाने ।

१५. अनाम्प़क हान्चिने ।

साँझमा कुरा गरौँला ।

१६. नुङे ।

हुन्छ ।

१७. अखाखुत खात्नि खात्मा ?

राति कता जाने ?

१८. बेङ्सिदा चाअ्वा पाक्सि खात्मा ।

खेतमा पानी लाउन जाने ।

१९. आइमित खाक्को सोन खा ?

अहिले कुन महिना हो ?

२०. आइमित वाहाङ सोन इ ।

अहिले कात्तिक महिना हो नि ।

२१. हालेनाङ ! केक्‌वालेन लिसा ।

ओहो ! मध्यान्ह भयो ।

२२. वापा ओक्दा खात्मादोत ।

भालेको डाकमा जानुपर्छ ।

२३. हान्ना सेरेरेवा लियाङ ।

अब त मिर्मिरे हुँदैछ ।

२४. नाम्रङछाङ ढायाङ ।

सूर्यको किरण पनि झर्दैछ ।

२५. नेक्ओ लेन्कोप टुप्चिने ।

अर्को साता भेटौं ।

२६. आइमित खाउ हिप खा ?

अहिले कुन ऋतु हो ?

२७. आइमित चुङ्हिप ।

अहिले शिशिर ऋतु हो ।

२८. देम्खादाङ्का हाक्मा पुङ खा ?

कहिलेदेखि गर्मी सुरु हुन्छ ?

२९. नाम्हिपदाङ्‌का ।

वसन्त ऋतुदेखि ।

३०. दोङ्वाङा साकेन्वा देम्खा खा ?

उँभौली साकेन्वा कहिले पो हो ?

३१. हाक्दि सोनदा ।

बैशाख महिनामा ।

३२. दोङ्दावा साकेन्वा देम्खा खा ?

उँधौली साकेन्वा कहिले पो हो ?

३३. चासुम्ला सोनदा ।

मङ्सिर महिनामा ।

३४. झाराकदाङ्का बुदाओ साकेन्वा खाक्को खा ?

सबैभन्दा पहिलो साकेन्वा कुन हो ?

३५. झाराक्दाओ बुदाउ साकेन्वा खइराङ कि आम्चोक ।

सबैभन्दा पहिलो साकेन्वा खैराङ र आम्चोक हुन् ।

३६. मारा ओको यलेदोङ निओ दि एखा ?

हैन यो यलेदोङ भनेको के हो ?

३७. यलेदोङ निओ किरावा दोङ ।

यलेदोङ भनेको किरात सम्बत हो ।

३८. लाभेमआ छेङ्छेङ्छेङ्वा कात्‌याङ ।

पूर्णिमाले उज्यालो न उज्यालो देखिन्छ ।

३९. लाइपआ कुन्च्याढेकेढेक कात्‌याङ ।

औंशीले अँध्यारो न अँध्यारो देखिन्छ ।

बुङ्वाखा १०४ दाङ्‌का

 

LEAVE A REPLY