बान्तावा मुन्दुम अवधारणा-पत्र तथा छलफल कार्यक्रम सम्पन्न

0
14
बान्तावा मुन्दुम अवधारणा-पत्र तथा छलफल कार्यक्रम ।

कार्तिक २५, काठमाडौं ।

नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा) विभागको आयोजनामा ‘बान्तावा मुन्दुम अवधारणा-पत्र तथा छलफल कार्यक्रम’ कार्तिक २५ गते सम्पन्न भएको छ । प्रतिष्ठानको देवकोटा हलमा भएको सो कार्यक्रमको प्रमुख अतिथि कुलपति भूपाल राई हुनुहुन्थ्यो । सो कार्यक्रममा दिलेन्द्र मुकारुङले अवधारणा-पत्र प्रस्तुत गर्नुभएको थियो ।

अवधारणा-पत्रमाथि रामचन्द्र रुपाबुङ राई, भक्तबहादुर राई, तीर्थराज मुकारुङ राई, चन्द्रकुमार राई हतुवाली, अनुदिप देवान, जयबहादुर राई, सन्तोष राई, केदार राई, मुकेश हाङखिम, सचित राई, रीमा राई लगायतले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख अतिथि भूपाल राईले मुन्दुमबारे सटिक व्याख्या गर्नु हुँदै प्रतिष्ठानमा बान्तावा मुन्दुम लेखनको लागि ढोका खुलिसकेको बताउनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता साहित्य (मातृभाषा) विभागको प्रमुख प्राज्ञ राजन मुकारुङले गर्नुभएको थियो । कार्यक्रम पदम राईले सञ्चालन गर्नुभएको थियो ।

बान्तावा मुन्दुम लेखनको लागि राजन मुकारुङको संयोजकत्वमा सदस्यहरू दिलेन्द्र मुकारुङ राई, देवानदेवी राई, पदम राई, पाविहाङ राई, नारदमणि राई, मनिता राई र पवित्रा राई रहनुभएको समिति निर्माण गरिएको छ ।

LEAVE A REPLY