बुङ्वाखा सम्पादक सम्मानित

0
1

असार १३/काठमाडौं

बुङ्वाखा सम्पादक पदम राईलाई ‘राष्ट्रिय मातृभाषा साहित्यिक पत्रकारिता सम्मान- २०८३’ द्वारा सम्मान गरिएको छ । ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’को २०औं वार्षिकोत्सवको अवसरमा आज असार १३ गते नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाडौंमा नगद पुरस्कारसहित सो सम्मान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानको पूर्व सदस्य-सचिव डा. तुलसीप्रसाद भट्टराई र सङ्घको अध्यक्ष मोहन दुवालले सम्पादक राईलाई सम्मान गर्नुभएको हो ।

‘नेपाली मातृभाषा साहित्यिक पत्रकारिता क्षेत्रको उन्नयनको लागि ‘बुङ्वाखा’ मासिक साहित्यिक पत्रिकाको सम्पादक भई बान्तावा भाषाको पत्रकारिता, संस्कृतिको उजागर, संरक्षण र संवर्धनमा पुर्‍याइएको योगदानलाई महत्वपूर्ण ठानी सो सम्मान गरिएको’ सम्मान-पत्रमा उल्लेख छ ।

 

LEAVE A REPLY