माङ्सेबुङमा ६ जना जनप्रतिनिधिहरूद्वारा बान्तावामा सपथ

0
152

माङसेबुङ/इलाम

इलामको माङसेबुङ गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूले बान्तावा भाषामा सपथ लिनुभएको छ । नवनिर्वाचित अध्यक्ष हेमन्त माक्रिहाङ राईमार्फत वडा नम्बर ३ को नवनिर्वाचित वडाध्यक्ष लछुमान राई (जनम) र वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रकुमार राईले आफ्नो मातृभाषा बान्तावामा सपथ लिनुभएको हो । लछुमान नेकपा माओवादी केन्द्र र नरेन्द्रकुमार राष्ट्रिय जनमुक्ति पार्टीबाट निर्वाचित हुनुभएको हो ।

श्री चिसोपानी मावि माङ्सेबुङ ६ का शिक्षक तथा बुङ्वाखा चेन्चेक्‍वा सुदिप सिप्तुङखा राईका अनुसार बान्तावामा सपथ लिनुहुने अन्य निर्वाचित वडा सदस्यहरूमा वडा नम्बर २ का मनिप्रसाद राई, वडा नम्बर ३ का सूर्यकुमार राई, वडा नम्बर ४ का धनबहादुर राई र वडा नम्बर ६ का दिवस राई रहेका छन् । चारै जना जनप्रतिनिधिहरू नेकपा एमालेबाट निर्वाचित हुनुभएको हो ।

स्थानीय तह निर्वाचन नियमावली २०७३ अनुसूची २१-क (नियम ३८-क को उपनियम (५) मा सबैलाई आआफ्नो मातृभाषामा सपथ लिन सक्ने व्यवस्था गरिएको छ ।

 

LEAVE A REPLY