किराया हङकङको अध्यक्षमा चन्द्रका राई निर्वाचित

0
88

वरिष्ठ उपाध्यक्षमा बुङ्वाखा संरक्षक गजेन्द्र राई

बुङ्वाखा/यलाखोम

१५ असार २०७८

किरात राई यायोक्खा हङकङको ११औं अधिवेशनबाट पहिलोपटक महिला अध्यक्ष चन्द्रका (माया) थुलुङ राई निर्वाचित हुनुभएको छ ।  चन्द्रका राई र पिताम्बर राईबीच अध्यक्ष पदमा भएको चुनावी प्रतिष्पर्धामा उहाँले ४८ मत ल्याई विजयी हुनुभएको हो । दोस्रो हुनुभएको उम्मदेवारले २३ मत पाउनुभएको थियो । कुल ७२ मतमध्ये एक भोट रद्द भएको थियो ।

अध्यक्ष पदबाहेक अन्य पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित हुनुभएको छ।

बुङ्वाखा संरक्षक गजेन्द्र बान्तावा राई वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । महासचिव गंगाराम साम्पाङ राई, सचिव राजेन्द्र चाम्लिङ राई, सहसचिव शिवकुमार बान्तावा राई, कोषाध्यक्ष मणिराज साम्पाङ राई र सहकोषाध्यक्ष दिनेशकुमार थुलुङ राई निर्वाचित हुनुभएको छ । निर्वाचित सदस्यहरूमा पवित्र चाम्लिङ राई, पवित्रा (सिम्मा) बान्तावा राई, रामचन्द्र कोयू राई, विष्णुकुमार बायुङ राई  र भीमप्रसाद थुलुङ राई हुनुहुन्छ ।

बाँकी दुई सदस्यहरूलाई आगामी पहिलो बैठकले पूर्ति गरेपछि १५ सदस्यीय समिति हुनेछ ।

गत २७ जुन (असार १३) गते हङकङस्थित किरायाको आफ्नै सुप्तुलुङ खिममा सम्पन्न अधिवेशन संस्थाको अध्यक्षता निवर्तमान अध्यक्ष हरिचन्द्र राईले गर्नुभएको थियो । प्रमुख अतिथिमा नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष तथा पूर्व किराया हङकङका अध्यक्ष किसान राई हुनुहुन्थ्यो ।

विशिष्ट अतिथिमा किरात राई यायोक्खा नेपालको केन्द्रीय सदस्य दीलिप रुङमाहाङ राई हुनुहुन्थ्यो ।

फोटो साभारः सामाजिक सञ्जाल ।

 

LEAVE A REPLY