वाम्बुले भाषाको लागि दिइने ‘लिब्जु–भुम्जु’ पुरस्कार’को विजेता भए थुलुङ

0
69

काठमाडौं/बुङ्वाखा

वाम्बुले मातृभाषाका कवि एमबी थुलुङलाई २०७७ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ ।

वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका पूर्णाङ्क ८३, २०७७ कात्तिक–पुस अंकमा प्रकाशित ‘आ कुपि ब्अिम्सै ख्राङ्मे’ (मेरो भाग्य सम्झिदै रुन्छु) शीर्षक गीत छनोटमा परेको हो ।

२०५६ सालदेखि उक्त पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई पुरस्कृत गरिदैआएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

यस गीति कविता वाम्बुले राई समुदायमा परापूर्वकालदेखि गाइदै आएको राम्दले भाकामा रचना गरिएको छ । वैदेशिक रोजगारीमा रहेका प्रेमी र गाउँघरमा रहेकी प्रेमिकाबीच प्रेम आलापका रूपमा आफ्ना सुखदुःख, अतितदेखि वर्तमानको संवाद रहेको छ । गाउँघरमा खेपेको दुःख पन्छाउन मुग्लान भासिएको तर हरपल जन्मथलोको सम्झना गरिरहने प्रेमी उही सुन्दर गाउँघरकै खबर सोध्छन् । प्रेमिकाले गाउँघरमा खडेरीले पाखापखेरमा वनजंगल उजाडिएको सुनाउँछ । परदेशमा रहेका प्रेमीको सफलता, सुखशान्तिका निम्ति लिब्जु भुम्जु देउता भाकेको, दुधकोसी र सुनकोसीमा ग्रहदशा बगाएको जवाफ फर्काउँछिन् ।

प्रस्तुत गीति भाकाले प्रदेश–१ ओखलढुंगाको दक्षिणी भेगको सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्यमान्यता, चालचलनलाई प्रतिबिम्बित गरेको छ । पुरस्कारका निम्ति छनोट भएको उक्त राम्दले भाका राज राईको संगीतमा राज राई र एलिना राईले गाएका छन् ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ उँबु गाउ“ निवासी कवि एमबी थुलुङ वाम्बुले मातृभाषी कवि हुनुहुन्छ । पापा धनपाल राई र मामा वृद्धमाया राईको कान्छो छोराका रूपमा २०४० साल माघ २ गते जन्मिनु भएका कवि थुलुङको पूरा नाम मनबहादुर राई हो । उहाँ हाल दक्षिण कोरियामा कार्यरत हुनुहुन्छ ।

थुलुङ भाषा छुट्टै रहे पनि कवि एमबी वाम्बुले राई समुदायमा परापूर्व कालदेखि रहँदैआउनु भएकोले उहाँको मातृभाषा वाम्बुले तथा मुन्दुम संस्कृति वाम्बुले नै हो । उहाँले एक दशकभन्दा बढी समयदेखि वाम्बुले भाषामा रचना सिर्जना गर्दै आउनुभएको छ ।

नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले मातृभाषाका स्रष्टा प्रवद्र्धन गर्ने उद्देश्यले २०५५ सालमा पत्रिकाको नाममा ‘लिब्जु–भुम्जु पुरस्कार’ स्थापना गर्नु भएको हो । यो पुरस्कारबाट हालसम्म १९ जना कविहरू पुरस्कृत भइसक्नुभएको छ । पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ । सो पुरस्कार कवि स्वदेश आउनुभएपछि उपयुक्त समयमा प्रदान गरिने जानकारी ‘इक लिब्जु-भुम्जु’का सम्पादक गणेश वाम्बुले राईले जानकारी दिनुभएको छ ।

लिब्जु–भुम्जु पुरस्कार–२०७७ प्राप्त वाम्बुले राई भाषाको गीति कविता:

राम्दले सालाङ – आ कुपि ब्अिम्सै ख्राङ्मे
– एम.बी. थुलुङ

साल्चो– मुग्लानल्वा बाङ्मे द्याल ब्अिम्सै ख्राङ्मे लिम्सि ए आचाबु
लिम्सि ए आचाबु ल है लिम्सि ए आचाबु
भोट मधेस पामेङ दुखाख् द्याल प्लेमेङ
त्याँवाइँ ए आमाउ
पुर्बल् ड्अ्वाम दाम्मे ब्अिम्चाल् त्वाम ख्राम्मे
त्याँवाइँ ए आमाउ
साल्मे– वामद्यालाङ खाचिल स्वालेवा पार्क बाम भाताला लिब्जु सामा
भाताला लिब्जु सामा ल है भाताला लिब्जु सामा
आचुइख्वाइ सुखा हिप्तिमेइ आबा
दुखा बाम ड्आङ्मा ड्आङ्मा
त्वाम खो¥वा ल्वामे पिताङ्के य्वामे
दुखा बाम ड्आङ्मा ड्आङ्मा
साल्चो– आब्ल्यामेइ थि उनतिचोन् बाक्साख् रंगरस पाचाम रहर
रंगरस पाचाम रहर ल है रंगरस पाचाम रहर
मुग्लान उडुङ्मे उटु ब्रोस दुम्मे
आम बाया द्यालल्वाम खबर
आ दुखा पामे त्वामल्वा पिर बामे
आम बाया द्यालल्वाम खबर
साल्मे– खारुख्वा स्वार्माख् द्याल ब्याँसि सब्बै थाल क्वानुइ ¥याङ्गो ¥याङ्गो
थाल क्वानुइ ¥याङ्गो ¥याङ्गो ल है थाल क्वानुइ ¥याङ्गो ¥याङ्गो
आमाइँ स्याम्दा ड्अिकुम पाङाप् थि आखाम् बाङ्म उनुस्वाङ्खो
रमिता क्वाचा चाकु आम स्वाचा
आ खाम् बाङ्म उनुस्वाङ्खो
साल्चो– हुरि दौतरि कावातिड प्ल्यासाख् हालुङ्मेइ कमै पाफु
हालुङ्मेइ कमै पाफुल है हालुङ्मेइ कमै पाफु
आस्याल द्याल लिङ्या बा–आल्वास् सिङ्या आहिबु रान्चो ङाबु
पिरख्वा त्वाम हुम्मे पिताङ्के रुम्मे
आहिबु रान्चो ङाबु
साल्मे– लिब्जु उपो बिल् भरभाकल फ्वाइकाट इः छिमा रक्षा पौकान्
इ छिमा रक्षा पौकान् ल है इ छिमा रक्षा पौकान्
ग्ल्वाकु ब्रिङ्कुल्वा इ ग्रह दसा
बगै दुम्साख्वा ल्वाम्कान्
गुसिरि ह्याम्सि मायारि ताम्सि
बगै दुम्साख्वा ल्वाम्कान्
साल्चो– ङाबुल्वाइ हिमनिम तोलाल्वाइ ब्अिमनिम इतिबेल् थालो बानुइ
इतिबेल् थालो बानुइ ल है इतिबेल् थालो बानुइ
आपाता आब्ल्याम बिलौना क्वाल्वाइ त्याँपिपि आमा पानुइ
ङाबुल्वाइ जाङ्मे तोलाल्वाइ ख्राङ्मे
त्याँपिपि आमा पानुइ
साल्मे– कावातिड सब्बै ह्वाँपो द्याल ल्वाम्मे आ खामा द्यालल्वा बाङ्मे
आ खामा द्यालल्वा बाङ्मे ल है आ खामा द्यालल्वा बाङ्मे
कावातिड ब्अिम्सै घाँस गोठाल हालुङ्म आ कुपि ब्अिम्सै ख्राङ्मे
दुखाख्वा दुङाब खालाख्वा लुङाब
आ कुपि ब्अिम्सै ख्राङ्मे
साल्चो– पढै पासाख्वा इन्जिनेर डाक्टर कोइ पाइलट दुम्किमा
कोइ पाइलट दुम्किमा ल है कोइ पाइलट दुम्किमा
आल्वाचा सब्बै आधुनिक सहर
कोइख्वा द्याल ग्लुमतिमा
योर आक्वाल ब्रोया कि लिमा सोया
कोइख्वा द्याल ग्लुमतिमा
साल्मे– इतिआङ तिकान त्वाम न्याच्चो योरतिड आल्वाम्से बिल्याम स्यान्चि
आल्वाम्से बिल्याम स्यान्चि ल है आल्वाम्से बिल्याम स्यान्चि
द्याल लिम्साख् ब्लास्ता भदौ पुर्नेल्वा ढ्वाङ्कुम जातुरल्वा ¥वाम्चि
त्वाम ल्वाङ्से दानिम त्याँस निम्तो गानिम्
ढ्वाङ्कुम जातुरल्वा ¥वाम्चि
साल्चो– आ मामा पापाङ् च्वाइमे दुम्चाम बाम प्रोनिख्वा आबिल् ल्यानिम्
प्रोनिख्वा आबिल् ल्यानिम् ल है प्रोनिख्वा आबिल् ल्यानिम्
इत्वामल्वा बाक्चो पिर सुर्ताङ कुम्लो उङ्गुए कुर्सि ख्ल्यानिम्
आ त्वामल्वाम रानि मायाआङ् खानि
उङ्गुए कुर्सि ख्ल्यानिम्
साल्मे– खातिर आपास्ता प्व्राक्साख्वा आल्वाउँ आ मामा पापा ख्राम्चिम्
आ मामा पापा ख्राम्चिम् ल है आ मामा पापा ख्राम्चिम्
स्वालेवाल् रक्सि रित ब्लादुख् ब्लास्ता
आ जोबान उनुस् गानिम्
सोल्यामआङ् धनि खै आमा वानि
आ जोबान उनुस् गानिम्
साल्चो– त्याँसो द्वाइदुम्चि मंसिर पुर्नेल्वा स्वालेवा पार्कल्वा ¥वाम्चि
स्वालेवा पार्कल्वा ¥वाम्चि ल है स्वालेवा पार्कल्वा ¥वाम्चि
ल्याताम खुम्चा क्वालोम्से तिकान
बर्को ए क्वालोस् क्वाम्चि
परेवा जोडि आपास्ता क्र्वाडि
बर्को ए क्वालोस् क्वाम्चि
साल्मे– बुइसि फुस्साख्वा साम्फा प्रोचिमा पान्तासिल् धागो राप्साख्
पान्तासिल् धागो राप्साख् ल है पानतासिल् धागो राप्साख्
क्वाल दुम्सा ब्लेङ्चि च्याङ्माखा ग्लुम्चि
इ आयुल् आब्ल्याम काप्साख्
ज्याफालस्याङ चेङ्चि उटु ब्रोस ब्लेङ्चि
इ आयुल् आब्ल्याम काप्साख् ।

LEAVE A REPLY