बान्तावा कविता मङ्‌सिर १० गतेसम्म पठाउन सकिने

0
178

बुङ्वाखाको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘१६औं बान्तावा कविता प्रतियोगिता’को लागि मङ्‌सिर १० गतेसम्म पठाउन सकिने गरी मिति थप गरिएको छ ।
कार्तिक ३० गतेसम्म बान्तावा कविता पठाउने मिति तोकिएको थियो । कोरोना महामारीको कारण पछिल्लो पटक कविता अनलाइन प्रतियोगिता गर्ने निर्णय गरिएको, महिनाको अन्तिम समयमा परेको तिहार चाड साथै विशेष गरी पहाडी जिल्लामा इन्टरनेटको समस्याका कारण कविहरूले तुरुन्तै कविता पठाउन नसक्नुभएको जानकारी प्राप्त भइरहेकोले मिति थप गरिएको हो । आगामी मङ्सिर १० गतेसम्म बान्तावा भिडियो कविता पठाउन सकिने जानकारी साहित्य संयोजक असीम बान्तावाले प्रेस नोटमा जानकारी दिनुभएको हो ।
निम्नलिखित तरिकाले बान्तावा कवितावाचन गरिएको भिडियो खिची पठाउन सकिने आयोजकले जनाएको छ ।
अनलाइन बान्तावा कविता प्रतियोगिताको लागि भिडियो खिच्दा ध्यान दिनुपर्ने कुराहरू-
१. किराती भेषभूषा अनिवार्य लगाउनुहोस् ।
२. गुणस्तरीय भिडियोको लागि सकभर राम्रो खालको स्मार्टफोनले भिडियो खिच्नुहोस् । (आफ्नो नभए परिवार सदस्य वा साथीकोले खिच्न सकिन्छ ।)
३. नजिकदेखि खिच्नुहोस् ताकि वाचन गरिएको कविता राम्ररी सुनियोस् ।
४. कम्मर वा पेटभन्दा माथिमात्र खिच्नुहोस् ।
५. खिच्ने मान्छेले सकभर क्यामरा स्टेण्ड प्रयोग गर्न लगाउनुहोस् वा हातले हो भने नहल्लाइकन खिच्न लगाउनुहोस् ।
६. भिडियो खिच्दा वरिपरी हल्ला गर्न नदिनुहोस् ।
७. उज्यालोमा भिडियो खिच्नुहोस् ।
८. भिडियोको गुणस्तर कायम होस् भनी खिचिसकेको कविता इमेलमा पठाउनुहोस । bungwakha@gmail.com
#केही समस्या वा जिज्ञासा भए 9841260350 (सम्पादक), 9804001689 (साहित्य-संयोजक)लाई फोन/मिस कल गर्नुहोला ।
#मलाई त भाषा आउदैन, जान्दिन । अझ भिडियो बनाउनै आउदैन भनेर हतोत्साही नहुनुहोस् । तपाईं-हाम्रो सानो प्रयासले बान्तावा भाषाको संरक्षण हुन सक्छ । प्रतिष्पर्धा आफ्नो ठाउँमा छ, तर तपाईंको सहभागिताले ऐतिहासिक महत्वको हुन सक्छ ।#
#आयोजक/संयोजक#बुङ्वाखा
१६औं बान्तावा कविता अनलाइन प्रतियोगिता-२०७७

LEAVE A REPLY