संविधान दिवसको अवसरमा १३ जना किरात राईहरू विभूषित हुने

0
668
बुलु मुकारुङ

बुलु मुकारुङलाई ‘सुप्रवल जन सेवाश्री तृतीय’

बुङ्वाखा/यलाखोम

‘बुङ्वाखा’का सल्लाहकार तथा वरिष्ठ संगीतकार श्री बुलुहाङ राई (बुलु मुकारुङ) छैटौं संविधान दिवस २०७७ को अवसरमा विभूषित हुने हुनुभएको छ । नेपाल सरकारको सिफारिसमा उहाँ ‘सुप्रवल जन सेवा श्री तृतीय’ पदकबाट विभूषित हुन लाग्‍नुभएको हो । उहाँसहित यो वर्ष १३ जना किरात राईहरू विभूषित हुँदैछन् ।

प्राज्ञ नारदमनि हार्तम्छाली

विभूषित हुनुहुने वरिष्ठ किरात राईहरूमा मूर्तिकार प्राज्ञ नारदमनि हार्ताम्छाली पनि ‘सुप्रबल जनसेवा श्री (तृतीय)’ बाट हुनुहुन्छ । हार्तम्छाली नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्रज्ञा परिषद सदस्य हुनुहुन्छ ।

डा. कविराज बान्तावा

शिक्षा क्षेत्रबाट डा. कविराज बान्तावा पनि प्रवल जनसेवा श्री (चौथो) बाट विभूषित हुनुहुने भएको छ । बान्तावा युनाइटेड एकेडेमीका सञ्चालक तथा बुङ्वाखा मूल अक्षयकोषदाता पनि हुनुहुन्छ ।

यसपालि सरकारले जम्मा ५ सय ९४ जनालाई विभूषित गर्न लागेको हो । गृह मन्त्रालयको सूचनाअनुसार उहाँलाई ती विभूषणहरू आगामी २०७८ वैशाख १ गते राष्ट्रपति विध्यादेवी भण्डारीबाट प्रदान गरिनेछ ।

विभूषित हुनुहुने किरात राईहरू र पदक

क) सुप्रबल जनसेवा श्री (तृतीय)

१. नारदमनि हार्तम्छाली, वरिष्ठ कलाकार/मूर्तिकार- षडानन्द नगरपालिका, भोजपुर

२. बुलुहाङ राई (बुलु मुकारुङ)- संगीतकार, टेम्केमैयुङ गाउँपालिका ४, भोजपुर

ख) कीर्तिमय राष्ट्रदीप (चतुर्थ)

३. विल्सन विक्रम राई, कलाकार, विर्तामोड नगरपालिका १, झापा

ग) प्रवल जनसेवा श्री (चतर्थ)

४) विनादेवी राई, उपमेयर- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ

५) कल्पना राई, उपमेयर- सोलदुधकुण्ड नगरपालिका, सोलुखुम्बु

६) डा. कविराज बान्तावा, शिक्षाविद- ललितपुर नगरपालिका १४, ललितपुर

७) रन्जना राई, शाखा अधिकृत- गृह मन्त्रालय

८) रोशन राई, शाखा अधिकृत- प्रधानमन्त्री कार्यालय, बालुवाटार

घ) जनसेवा श्री (पञ्चम)

९) उत्तर कुमार राई, प्रहरी नायब निरीक्षक- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं

१०) जीवन राई, प्रहरी सहायक निरीक्षक- प्रहरी प्रधान कार्यालय, काठमाडौं

११) हरिकृष्ण राई, हलुका सवारी चालक- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं

ङ) नेपाल प्रताप आभूषण

१२) गोपाल राई, प्रहरी सहायक निरीक्षक- गृह मन्त्रालय

१३) पञ्च कुमार राई, सशस्त्र प्रहरी सहायक निरीक्षक- सशस्त्र प्रहरी बल, नेपाल ९ नं. बाहिनी, काठमाडौं ।

 

LEAVE A REPLY