पूर्व उप-अनुसन्धान निर्देशक अगमसिंह सोङमेनको निधन

0
369
स्व. अगमसिंह सोङमेन

असोज ३, काठमाडौं ।

राष्ट्रिय अनुसन्धान विभागका पूर्व उप-अनुसन्धान निर्देशक अगमसिंह सोङमेनको निधन भएको छ । काठमाडौं शान्तिनगरस्थित आफ्नै डेरामा आज अन्दाजी ४ बजेतिर उहाँको निधन भएको हो । करिब २० वर्षअघि उहाँको मुटुको जटील शल्यक्रिया गरिएको थियो । उहाँ चिनी रोगलगायतका रोगहरूले पीडित हुनुहुन्थ्यो ।

बान्तावा खाप्तुवा सोङमेन उपपाछाका उहाँ आफ्नो नामपछाडि ‘सोङमेन’ लेख्ने सम्भवतः पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँ किरात राई सोङमेन कुलवंश प्रतिष्ठान संस्थाको स्थापना गर्नमा योजनाकार तथा वर्तमान केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । उहाँ ‘बुङ्वाखा मूल अक्षयकोष’को दाता सदस्य हुनुहुन्थ्यो ।

उहाँका श्रीमती र तीन भाइ छोराहरू हुनुहुन्छ । कान्छा छोरा डा. स्वच्छन्द सोङमेन २०५७ सालको एसएलसी परीक्षामा सर्वोकृष्ट हुनुभएको थियो ।

२००८ सालमा इलामको इरौंटारमा जन्मिनुभएका सोङमेनलाई दाहसंस्कारको लागि आजै हेलिकप्टरमार्फत उहाँको जन्मस्थान पुर्‍याइएको छ । उहाँको पार्थिव शरीरलाई भोलि अन्तिम श्रद्वाञ्जली अर्पण गरी किराती परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

LEAVE A REPLY