हतुवागढी गापाका उपाध्यक्ष चन्द्रमा वालाहाङ राईको निधन

0
214
स्व. चन्द्रमा राई

 

असोज ३/काठमाडौं

हतुवागढी गाउँपालिकाका उपाध्यक्ष चन्द्रमा वालाहाङ राईको निधन भएको छ । गाउँपालिका अध्यक्ष प्रेम कुमार राईका अनुसार न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ३ बजे राईको निधन भएको हो ।

हतुवागढी–४ फलामढुङगा निवासी ४५ वर्षीया सुश्री राईलाई गत भदौ २९ गतेदेखि ज्वरो र पखाला आई सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार गराइएको थियो । थप उपचारको लागि उनलाई असोज १ गते विपी अस्पताल धरानमा पठाइएको थियो । राईलाई जन्डिस र रक्तचापको समस्या देखिएको थियो । पिसाब र मृगौलामा समस्या देखिएपछि आइसियुमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार विरामीलाई न्युरो अस्पताल विराटनगर लगिएको थियो ।

गाउँपालिकाको सन्ध्याकालीन प्रेस नोट । श्रोतः प्रेमकुमार राईको फेसबुक वालबाट ।

राईलाई भोलि असोज ४ गते उहाँकै जन्मस्थल लगी किराती परम्पराअनुसार दाहसंस्कार गरिनेछ । हतुवागढी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले हतुवागढी गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूमा असोज ४ र ५ गते शोक विदा दिने प्रेस नोट जारी गरेका छन् ।

LEAVE A REPLY