सहिदभूमिमा बुङ्वाखा वार्षिकोत्सवको तयारी बैठक

0
61

खोकु/धनकुटा

धनकुटाको सहिदभूमि गाउँपालिकास्थित खोकुमा बुङ्वाखाको १८औं वार्षिकोत्सव तयारी बैठक बसेको छ । बुङ्वाखा सम्पादक तथा वार्षिकोत्सव संयोजक पदम राईको उपस्थितिमा सो बैठक कार्तिक १६ गते सम्पन्न भएको हो ।

बुङ्वाखाको १८औं वार्षिकोत्सव आगामी मङ्‌सिर २३ र २४ गते सहिदभूमि गाउँपालिकाको केन्द्र पिप्लेमा हुन गइरहेको छ । सो दुई दिने साहित्यिक गोष्ठीमा बुङ्वाखाको साथमा सहिदभूमि गाउँपालिका र नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा हुने छ ।

स्थानीय शिक्षक, भाषासेवी तथा संस्कृतिकर्मीद्वय अर्जुन राई र श्रीमती मोनकुमारी राईको निवासमा बुङ्वाखा सह-आयोजक संस्था किरात राई बान्तावा खिम सहिदभूमि गाउँपालिकाका पदाधिकारी र स्थानीय भाषासेवीहरूको उपस्थितिमा वार्षिकोत्सवबारे छलफल भएको थियो । सो अवसरमा वार्षिकोत्सवलाई सफल पार्नको लागि १० वटा विषयवस्तुहरूमा छलफल भएको थियो । सो अवसरमा स्थानीय अभिभावकहरूले बुङ्वाखाको वार्षिकोत्सवलाई जसरी नि सफल बनाई छाड्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।

बैठकमा किरात राई यायोक्खाका निवर्तमान धनकुटा अध्यक्ष नगेन्द्र राईको पनि उपस्थिति रहेको थियो । त्यस्तै, किरात राई बान्तावा खिम सहिदभूमि गाउँपालिकाको अध्यक्ष होमबहादुर राई, जीवन सुधालय मावि कोलडाँडाको प्रधानाध्यापक छत्रबहादुर राई र पञ्चकृष्ण मावि पिप्लेडाँडाका प्रधानाध्यापक समशेरमान राई लगायतको बैठकमा उपस्थिति रहेको थियो ।

बुङ्वाखा मूल अक्षयकोषमा सहयोग

सो बैठकमा स्थानीय समुदायबाट बुङ्वाखा मूल अक्षयकोषमा सहयोग गर्नुभएको छ । सो अवसरमा अर्जुन दियाम राई र मोनकुमारी राईले ५ हजार ५५ रुपैयाँको दरले छुट्टाछुट्टै सहयोग गर्नुभएको छ । कोषमा सहयोग तथा समुदायमा प्रेरणादायी भूमिका खेल्दै उहाँहरूमार्फत खोकु निवासी फूलकुमारी वालाहाङ राई र पवित्रा एवाई राईले १०/१० हजार रुपैयाँ र गोविन्द दियाम राईले पाँच हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको छ । गोविन्द र पवित्रा श्रीमान-श्रीमती हुनुहुन्छ ।

सहयोगी दाताहरूलाई बुङ्वाखाको १८औं वार्षिकोत्सवको अवसरमा कदरपत्रले सम्मान गरिने सम्पादक पदम राईले जानकारी दिनुभयो ।

बुङ्वाखा मूल अक्षयकोषमा १० हजार सहयोग गर्नुहुँदै फूलकुमारी वालाहाङ राई, ग्रहण गर्नुहुँदै पदम राई ।

१० हजार रुपैयाँ सहयोग गर्नुहुँदै पवित्रा एवाई राई ।

५ हजार १ सय सहयोग गर्नुहुँदै गोविन्द दियाम राई ।

५ हजार ५५ रुपैयाँ सहयोग गर्नुहुँदै शिक्षक, भाषासेवी तथा संस्कृतिकर्मी अर्जुन दियाम राई ।

५ हजार ५५ रुपैयाँ सहयोग गर्नुहुँदै शिक्षक तथा किरात राई बान्तावा खिम सहिदभूमिका सचिव मोनकुमारी घुमे राई ।

फोटाहरूः नगेन्द्र राई ।

 

LEAVE A REPLY