चैत १०, २०७७/ललितपुर
समाजसेवी, लेखक तथा गीतकार क्याप्टेन ढुण्डिराज सुच्चा राईलाई बुङ्वाखाको संरक्षकमा मनोनित गरिएको छ । ‘बुङ्वाखा मूल अक्षयकोष’मा उहाँ र उहाँकी श्रीमती चङमायुमा दुब्देङमा राईले १ लाख ११ हजार ९ सय १९ रूपैयाँ सहयोग गर्नुभएकोमा उहाँलाई सो पदमा मनोनयन गरिएको हो । यो भन्दा अगाडिदेखि नै चङमायुमा दुब्देङमा राई बुङ्वाखाको सल्लाहकार हुनुहुन्छ । उहाँ बुङ्वाखाको नियमित लेखक पनि हुनुहुन्छ ।

भोजपुरको कटुञ्जेमा जन्मिनुभएका सुच्चा हाल श्रीमतीसहित बेलायतमा हुनुहुन्छ ।