माङसेबुङमा प्रतिस्पर्धाबाट बान्तावा शिक्षक छनोट

0
856
शान्तकला राई

मङ्सिर १३/बुङ्वाखा

माङसेबुङ ६ इलामस्थित बान्तावा शिक्षकको लागि प्रतिस्पर्धाबाट छनोट गरिएको छ । श्री चिसोपानी माविमा बान्तावा शिक्षणको लागि लिखित र मौखिक परीक्षा लिई शिक्षक छनोट गरिएको हो । सोही विद्यालयका शिक्षक सुदीप सिप्तुङखा राईका अनुसार सो पदमा शान्ताकला राई शिक्षिकाको रूपमा छनोट हुनुभएको छ । पाँच जना प्रतिस्पर्धी उम्मेदवारहरूमध्ये राईलाई छनोट गरिएको हो । अन्य उम्मेदवारहरूमा रश्मी राई, गुञ्जकुमार राई, सनिला राई र सविना राई हुनुहुन्थ्यो । वैकल्पिक शिक्षकको रूपमा गुञ्जकुमार राई रहनुभएको छ ।

विषयविज्ञ रिपल राई, प्रअलगायत अन्यले अन्तर्वार्ता लिनुहुँदै ।

शिक्षक छनोट सोही विद्यालयमा कार्यरत रिपल राईले लिखित परीक्षा लिनुभएको हो । अन्तर्वार्तामा विषयविज्ञ रिपल राईसहित प्रधानाध्यापक तिलविक्रम सुब्बा, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ज्योतिकुमार राई, गाउँपालिका शिक्षा शाखा प्रमुख टंक खरेलले लिनुभएको थियो ।

छनोट हुनुभएको शिक्षकलाई गाउँपालिकाको अनुदानबाट प्रावि तहको तलबभत्ता दिइनेछ ।

दमकस्थित दमक बहुमुखी क्याम्पसमा विएड दोस्रो वर्षमा अध्ययनरत शान्ताकला आफू प्रतिस्पर्धाबाट छनोट भएकीमा खुसी व्यक्त गरे ।

LEAVE A REPLY