धरानमा बुङ्वाखा भेटघाट

0
103

 

असीम बान्तावा/धरान

पुस १२
धरानको भानुचोकस्थित हङकङ होटल एण्ड् लजको सभाकक्षमा आज बुङ्वाखाले एक अनौपचारिक भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। सो भेलामा बुङ्वाखा सुनसरी चेन्चेक्वा राजेन्द्र इशारा राई, धरान प्रतिनिधि दिलु राई, सहयोगी रचना बान्तावा (आम्लाबुङ), सहयोगी/कवि दिपराज वालिङको प्रतिनिधि, माया लिम्बू राई, सुदिप राई, एकराज भुजेल, मनकुमार राईको उपस्थिति रहेको थियो। किरात राई बान्तावा खिम केन्द्रीय सदस्य तथा सुनसरी ईन्चार्ज इन्द्र काम्दुङ राईको र खिमका सुनसरी अध्यक्ष फडिन्द्र मेक्खु राईको विशेष उपस्थिति रहेको सो भेलामा बुङ्वाखा हामी सम्पूर्ण किरात राईहरूको साझा प्रकाशन भएकोले सबैले नियमित आधिकारिक ग्राहक सदस्य बनेर पढ्नुपर्ने कुरामा जोड दिइएको थियो। किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका अध्यक्ष जयकला राईको समेत उपस्थिति रहेको सो भेलामा बुङ्वाखासउए तर्फबाट सबैलाई स्वागत गरिएको थियो ।

LEAVE A REPLY