‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’मा वृद्धि

0
137
पूर्व मुख्य अञ्चलाधीश स्व. मकर बहादुर बान्तावा र श्रीमती विष्णुदेवी बान्तावा ।

यलाखोम, भदौ १९ ।
‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार– २०७०’ को रकम वृद्धि गरी ५५ हजार २ सय ९१ रुपैयाँ पुर्‍याइएको छ । अक्षयकोष संस्थापक सदस्य तथा बुङ्वाखा सल्लाहकार राजेन्द्र बान्तावाले यसबारे जानकारी दिनुभएको हो । आगामी मङ्सिर २४ गते इटहरीमा आयोजना हुने बुङ्वाखाको १६औं वार्षिकोत्सवको अवसर पारी बान्तावा भाषा, संस्कार–संस्कृति, इतिहास, कला, साहित्यमा योगदान गर्नुहुनेमध्ये एकजना स्रष्टालाई छनोट गरी ताम्रापत्र, बेटेबुङ वा दोसल्ला र वृद्धिसहितको सो पुरस्कार अर्पण गरिनेछ ।
आफ्ना पूजनीय मामा श्रीमती विष्णुदेवी बान्तावा र पापा पूर्व मुख्य अञ्चलाधीश स्व. मकर बहादुर बान्तावाको सम्मानमा उहाँहरूका सन्तानहरूले सो पुरस्कारको लागि रु. ७ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । बुङ्वाखा सम्पादक पदम राईका अनुसार गत वर्ष सो पुरस्कार प्रा.डा. नोवल किशोर राईलाई प्रदान गरिएको थियो ।

LEAVE A REPLY