बुङ्वाखा–पञ्चकुमारी सङ्गीत पुरस्कारमा ५ हजार वृद्धि

0
69
स्व. पञ्‍चकुमारी राई

‘बुङ्वाखा–पञ्चकुमारी सङ्गीत पुरस्कार– २०७७’ मा ५ हजार रकम वृद्धि गरी ४० हजार पु¥याइएको छ । अक्षयकोष संस्थापक सदस्य तथा बुङ्वाखा सल्लाहकार श्री अशोक मुकारुङले यसबारे जानकारी दिनुभएको हो । यस अघि सो पुरस्कारको राशी रु. ३५ हजारको थियो । आगामी मङ्सिर २४ गते इटहरीमा आयोजना हुने बुङ्वाखाको १६औं वार्षिकोत्सवमा बान्तावा भाषाको गीत/संगीत/गायनमध्ये एक जनालाई छनोट गरी वृद्धिसहितको पुरस्कार अर्पण गरिनेछ ।
आफ्ना पूजनीय आमा स्व. पञ्चकुमारी राईको स्मृतिमा संगीतकर्मी दाजुभाइ जीवन मुकारुङ र अशोक मुकारुङले यो पुरस्कारको लागि रु. २ लाखको अक्षयकोष बुङ्वाखामा स्थापना गर्नुभएको हो ।

LEAVE A REPLY